नेपाल टेलिकमको वेबसाइट बाट लिन सकिने अनलाइन सेवाहरु ।

Technology Websites

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np बाट बिभिन्न अनलाइन सेवा हरु सुचारु भएका छन । वेबसाईट बाट नयाँ सिमकार्ड लिनका लागि आवश्यक KYC Form समेत यहीबाट भर्न सकिन्छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, Friends and Family (FNF)सेवा, नमस्ते क्रेडिट सेवा, Missed Call Alert (MCA) सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टु द होम (FTTH) सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेमा जानकारी लिन पनि सकिन्छ ।

त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ ।

कम्पनीका मोबाइल सेवा, ल्याण्डलाइन टेलिफोन, एफटिटिएच तथा एडिएसएल सेवाका बारेमा विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासाहरु दर्ता गराउनका लागि प्रयोग हुने विभिन्न सर्ट कोडहरु पनि वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएको छ ।

थप जानकारी लिनको लागि होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *