एसईई(SEE) को नतिजा कसरी हेर्ने ?

Education Technology Websites

कोभिड-१९ को महामारीका कारण परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को बिद्यालयको आन्तरिक मूल्यांकनको आधारमा तय भएको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। लगभग ४८२२१९ बिद्यार्थीको नतिजा प्रकाशन हुन लागे सगै नतिजा कसरी हेर्ने भनेर विद्यार्थी लगायत अबिभाबक हरुलाई जिज्ञासा बढेको छ। तेसैले परीक्षा नियन्त्रण कार्यालयले हालै नतिजा सम्बन्धी विवरण सार्वजनिक हुने माध्यमहरुको बारेमा जानकारी दिएको छ । बोर्डले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न वेबसाइटहरु, एसएमएस र आईभी प्रणाली मार्फत सार्वजनिक हुने जानकारी दिएको छ ।

एसईई
भक्तपुर सानोठिमी स्थित राष्ट्रिय परीक्षा बोर्ड

एसईईको नतिजा नेपाल टेलिकम र एनसेलको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा सुन्न वा सिम्बल नम्बर एसएमएस गरेर थाहा पाउन सक्नेछन्।

३४९४९ मा सिम्बल नम्बर एसएमएस गरि नतिजा थाहा पाउने सकिने छ ।

अनलाइन मार्फत हेर्न सकिने वेबसाईट हरु :
भक्तपुर सानोठिमी स्थित राष्ट्रिय परीक्षा बोर्ड(www.neb.gov.np)
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट(www.see.gov.np)
नेपाल टेलिकमको वेबसाइट(see.ntc.net.np)
एनसेलको वेबसाइट(see.ncell.axiata.com)
इडियु सञ्जाल डटकम (see.edusanjal.com)
कान्तिपुर पब्लीकेशन प्रालिमार्फत(results.ekantipur.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *