नेपाली पत्रकारिता र नेपाली समाजमा थपेको पिडा

Article

नेपाली मिडिया कर्मी तथा पत्रकारहरुले जनताका मुद्दाहरूलाई प्रतिनिधित्व गरेको केही कममात्र पाइयो । बढ्दै गएको अनलाइन पत्रकारिता (मेरो बुझाइमा सोसियल मिडिया पत्रकारिता) लगायत अन्य टेलिभिजन, रेडियो लगाएत अन्य क्षेत्रका नेपाली पत्रकारहरु विषयगत गहनता, विश्लेषणात्मक क्षमता, भाषागत दक्षता साथै जनसम्पर्कको माध्यामबाट नभई कसैको आडमा या आफ्नो क्षणिक व्यक्तिगत स्वार्थ पुरा गर्न सैदान्तिक दाहित्वबाट टाढा भागेको देखिन्छ । त्यतिमात्र नभई आम जनताको भन्दा कुनै पार्टीगत प्रतिनिधि बन्ने साथै स्वार्थपूर्ण पत्रकारिता नेपाली समाजको ज्वलन्त उदाहरण बनिरहेको छ। झुटो पत्रकारिता मौलाउँदै जानाले जनता जनता बिचमा मतभेहरु, राष्ट्रको चौथो अङ्ग भएर झुटो खेल खेल्नाले देश अधोगतिमा जानु, हरेक जनताहरुमा भय, त्रास उत्पन्न भई देश र आफ्नो कार्य प्रति नकारात्मक सोचको सिकार अहीले सिंदरबार देखि सडकको पेटी सम्म परेकाे देखिन्छ। देशमा राजनीतिक दलहरुको चरित्र लगायत अनेकौं प्राकृतिक प्रकोप , कुटनीतिक हस्तक्षेप जस्ता कुराले विषम परिस्थितिमा रहेको देशलाई एउटा असल मार्गदर्शन भन्दा पनि आगोमा घिउ थप्ने नेपाली पत्रकारितको प्रभावले देश झन् संकट तिर धकेलिएको देखिन्छ। सरोकारवाला पक्षलाई आफ्नो समाजको वास्तविक विश्लेषण ठोस नीति निर्माणमा आवश्यक सूचना दिने हेतुले सबै पत्रकारहरु लागि परेको अवस्थामा मात्र अनि अनलाइन, पत्रपत्रिका लागायतका सबै क्षेत्रबाट क्रियाशील रूपमा कार्यक्षमता र सीपको आधारमा राजनीतिक, आर्थिक, सामाजिक तथा सांसकृतिक रूपान्तरण तर्फ सबैले ध्यान केन्द्रीत गरेमा मात्र हामीले सही सूचना पाउने आधार बन्ना की?

Leave a Reply

Your email address will not be published. Required fields are marked *